
काठमाडौँ । प्रहरीले काठमाडौँबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनहरा नगरपालिका–६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा दोलखाको शैलुङ नगरपालिका–८ का २५ वर्षीय सविन कार्की र सप्तरीको शम्भुनाथ नगरपालिका–७ का ४१ वर्षीय अजय दास रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ३२.५८० ग्राम खैरो हेरोइन, नगद ४ लाख रुपैयाँ, दुई थान डिजिटल तराजु र दुई थान मोबाइल फोन बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि लागुऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





