
३ भदौ, काठमाडौं । थुनामा रहेका व्यक्तिलाई उच्च पदस्थ व्यक्तिसँग आफ्नो पहुँच रहेको भन्दै छुटाइदिने आश्वासन दिएर अनुचित प्रभावमा पार्ने एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ घर भई हाल ललितपुर बस्दै आएका ५४ वर्षीय जितबहादुर घले रहेका छन्।
प्रहरीका अनुसार घलेले आफू उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्कमा रहेको दाबी गर्दै थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै प्रभावमा पार्ने प्रयास गरेका थिए।
घलेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




