पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका–२२ कालिमाटीबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार साउन ३१ गते राति करिब १०ः१५ बजे कालिमाटी क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा पोखरा महानगरपालिका–८ सिर्जनाचोक बस्ने २६ वर्षीय सागर तिमिल्सिनाको साथबाट डाईजापाम ८७ एम्पुल, फेनेरागन ८३ एम्पुल र नुर्फिन ७९ एम्पुल गरी २४९ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, ओनिरेक्स (Onerx) लेखिएको १८६ बोतल र ओनसिन (Onecen) लेखिएको ५ बोतल गरी १९१ बोतल तथा एक थान मोबाइल फोनसमेत बरामद गरिएको छ।

पक्राउ परेका तिमिल्सिनामाथि लागूऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय