बर्दिया । बर्दियाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट हेरोइन ल्याई लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नेपालगन्जका असई नविन शाहीको कमाण्डमा  खटिएको प्रहरी टोलीले बिहीबार बर्दियाको बढैयाताल गाउँपालिका–२ बाट ३४९ ग्राम ३६० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको हो।

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–२ निवासी ५२ वर्षीय दिपे सुनार रहेका छन्।

प्रहरीका अनुसार सुनारलाई हेरोइनसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मैनापोखरा, बर्दियाको जिम्मा लगाइएको छ।

प्रहरीले उनको साथबाट हेरोइनसँगै एक थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय