काठमाडौँ ।नेपाल प्रहरीको नियमित गस्ती टोलीले देशका विभिन्न भागबाट अवैध लागुऔषधसहित ११ जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनको रत्ननगरबाट दुई, दाङको तुलसीपुर उपमहानगरपालिकाबाट दुई र कास्कीको बागलुङ बसपार्क तथा खुदीखोलाबाट एक–एक जना पक्राउ परेका छन्।
यसैगरी भक्तपुरको दुवाकोट, तनहुँको आँबुखैरेनी, झापाको भद्रपुर–५ नयाँबजार, कैलालीको धनगढी उपमहानगरपालिका–७ जेपी चोक र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बाट पनि एक–एक जनालाई पक्राउ गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनका साथै चिकित्सकको सिफारिसमा मात्र खरिद–बिक्री गर्न पाइने डाइजेपाम, नोर्फिन, फेनारगन, ट्रामाडोल र प्रोमेथाजाइन जस्ता नियन्त्रित औषधिहरू बरामद गरेको छ। पक्राउ परेका सबैजनामाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय