
कपिलवस्तु । कपिलवस्तु प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाउँपालिका–४, जगदीशपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५, डबराका २३ वर्षीय आशिष पाण्डे, कृष्णनगर–८, दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले बहादुरगञ्ज क्षेत्रमा स्थानीयलाई डर–धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको सूचना प्राप्त भएपछि खोजी गरिएको थियो। सोही क्रममा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको साथबाट एक थान पेस्तोल र लु.६१ प ७०७२ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।




