पोखरा । लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले रेष्टुरेन्टको आवरणमा लागू औषध ब्राउन सुगर (हेरोइन) बिक्री–वितरण गर्दै आएका एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ब्युरोका अनुसार साउन २० गते पोखरा महानगरपालिका–८, सिर्जना चोकस्थित मण्डल रेष्टुरेन्टमा छापा मार्दा रेष्टुरेन्ट सञ्चालक भारत, मोतिहारी जिल्ला घर भएका ४० वर्षीय Chandeshwar Mahato लाई १४५.२७ ग्राम ब्राउन सुगर (हेरोइन) सहित पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेका महतोको साथबाट १४५.२७ ग्राम ब्राउन सुगर (हेरोइन), एक थान मोबाइल फोन र एक थान डिजिटल तराजु समेत बरामद गरेको जनाएको छ।

लागू औषध नियन्त्रण ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका व्यक्ति भारतको गोरखपुरबाट ब्राउन सुगर ल्याई कास्की जिल्लाको शहरी क्षेत्रमा बिक्री–वितरण गर्दै आएको खुलेको छ।

पक्राउ परेका महतोलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय