काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएकी सपना तामाङ पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको न्युरोड क्षेत्रबाट गएराति पक्राउ गरेको हो ।

नुवाकोटको विदुर नगरपालिका निवासी २५ वर्षीया तामाङ शनिबार बिहान करिब साढे १ बजे कारागारको पर्खाल नाघेर फरार भएकी थिइन् । चारैतर्फ काँडेतारले घेरिएको तथा २४ घण्टा प्रहरी निगरानीमा रहेको केन्द्रीय कारागारबाट उनी भाग्न सफल भएकी थिइन् ।

प्रहरीका अनुसार तामाङ यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएकी थिइन् । १७ वर्षको उमेरदेखि नै चोरी तथा डकैती कसुरमा पटक–पटक पक्राउ पर्ने र छुट्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी स्रोतका अनुसार उनी ६ वर्षीया बालिकाको अपहरण तथा हत्या प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेकी थिइन् । साथै, यो उनको दोस्रो पटक जेलबाट फरार भएको घटना रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय