
काठमाडौं। काठमाडौंमा एक युवकलाई लक्षित गरी कुटपिट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ का स्थायी बासिन्दा तथा हाल काठमाडौंको माछापोखरी क्षेत्रमा बसोबास गर्दै आएका सागर सुनारमाथि आक्रमण भएको हो। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले काभ्रे घर भई गल्कोपाखा बस्ने विशाल तामाङ र सिन्धुली हरिपुरगढी घर भई ठमेलमा बस्दै आएका होमबहादुर दर्लामीलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ६ बजेतिर ठमेलस्थित भगवतीबहालनजिकै डेरातर्फ फर्किरहेका सागरमाथि बाटो छेकेर कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



