
काठमाडौं, २५ चैत। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारि ठगी गरेको आरोपमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने ओखलढुङ्गा घर भएका ४५ वर्षीय राजेन्द्र खड्का सोमबार पक्राउ परेका छन्।
प्रहरीका अनुसार राजेन्द्रले मकाउ पठाइदिन्छु भनी १ जना पीडितबाट ३ लाख ८३ हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु बाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ–१२ बाट पक्राउ गरेको हो।

उक्त पक्राउपछि आवश्यक अनुसन्धान र कारबाहीका लागि राजेन्द्र खड्कालाई वैदेशिक रोजगार विभाग, ताहचल काठमाडौं पठाइएको छ।



