
रौतडट । रौतहटको गौरस्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट प्रहरीले चार जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।
सरकारले कार्यालय परिसरमा बिचौलियाको प्रवेश निषेध गर्न निर्देशन दिएपछि प्रहरी टोली आज अनुगमनका लागि मालपोत कार्यालय पुगेको थियो। सो क्रममा सेवाग्राहीसँग रकम लिएर काम गराउने गतिविधिमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामनरेश कुमार, सञ्जय कुमार, सिकित नारायण र बब्लु प्रसाद रहेका छन्। उनीहरूमाथि आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।



