
काठमाडौं । नक्कली सुन देखाउँदै ठगी तथा लुटपाटमा संलग्न रहेको आरोपमा एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली हरिहरपुर गाउँपालिका–७ निवासी ३८ वर्षीय विजय मोक्तान उर्फ धनबीर वाइबा रहेका छन्।
प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गत फागुन १० गते चन्द्रागिरीमा बस्दै आएकी ५६ वर्षीया देवी श्रेष्ठलाई जग्गा कारोबारको बहानामा झुक्याएर वाइबाले उनको कोठाबाट १४ लाख रुपैयाँ लुटेका थिए।
घटनापछि फरार रहेका वाइबालाई खोजी गर्ने क्रममा प्रहरीले पक्राउ गर्न सफल भएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



