काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय काभ्रेमा छापा मारेर एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

आज बिहान अख्तियारको टोलीले धुलिखेलस्थित मालपोत कार्यालयमा छापा मार्दै मुद्दा फाँटका नायब सुब्बा (नासु) ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो।

अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयबाट गएको टोलीले छापामारी कार्य सम्पन्न गरेको हो। पक्राउबारे आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय