
‘सिक्का नोटैमा’ले पार गर्यो १० मिलियन भ्युज, टिमले केक काटेर मनायो खुसीयाली
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्द रचना रहेको चर्चित गीत ‘सिक्का नोटैमा’ ले युट्युबमा १० मिलियनभन्दा बढी भ्युज प्राप्त गरेको छ।

गीतले १० मिलियन भ्युजको आँकडा पार गरेपछि गीतसँग सम्बन्धित सम्पूर्ण टिमले केक काटेर खुसीयाली मनाएको हो। गीतको सफलताले सिर्जनाकार, गायक–गायिका, कलाकार तथा प्राविधिक टिममा थप उत्साह पैदा गरेको छ।
पछिल्लो समय ‘सिक्का नोटैमा’ दर्शक–श्रोतामाझ लोकप्रिय बन्दै गएको छ। गीतमा आईजीपी कार्कीको शब्द रहेको छ। कार्कीको शब्द रचनामा यसअघि पनि विभिन्न सामाजिक तथा मनोरञ्जनात्मक गीतहरू सार्वजनिक भइसकेका छन्।
१० मिलियनभन्दा बढी भ्युज पुग्नुले गीतप्रति दर्शक–श्रोताको आकर्षण र लोकप्रियता झल्काएको टिमको बुझाइ छ। यही सफलताको अवसरमा टिमका सदस्यहरू एकै ठाउँमा भेला भएर केक काट्दै खुसी साटासाट गरेका हुन्।
गीतको सफलताप्रति खुसी व्यक्त गर्दै टिमले आगामी दिनमा पनि दर्शक–श्रोताको माया र साथ निरन्तर प्राप्त हुने अपेक्षा गरेको जनाएको छ।




