इलाम –करिब ४५ वर्षदेखि फरार रहँदै आएका कर्तव्य ज्यान मुद्दाका दोषी तील बहादुर गुरुङलाई इलाम प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने गुरुङ इलाम जिल्ला सन्दकपुर गाउँपालिका–५ निवासी ७६ वर्षीय वृद्ध हुन्।

प्रहरीका अनुसार मिति २०३८ साल जेठ १२ गते इलाम जिल्ला अदालतले गुरुङलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला पश्चात उनी फरार रहेका थिए र झण्डै पाँच दशकसम्म लुकिछिपि बस्दै आएका थिए।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले उनलाई आफ्नै वडामा लुकिछिपि बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। पक्राउपश्चात उनलाई जिल्ला कारागार इलाममा थुनामा पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार फरार प्रतिवादी तथा सजाय पाएका अभियुक्तलाई पक्राउ गर्न देशभर विशेष अभियान सञ्चालन भइरहेको छ। फरार व्यक्तिलाई कानुनी दायरामा ल्याउने कार्यमा नेपाल प्रहरी निरन्तर सक्रिय रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय