धनगढी — कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा प्रहरी चौकीका इन्चार्जमाथि कुटपिट गरेको आरोपमा तीन जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना, कलीराम चौधरी र दुम्ली चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले दिएको जानकारीअनुसार उनीहरूले पचुइ प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) वीरबहादुर चन्दमाथि कुटपिट गरेका थिए।

उक्त घटनापछि इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले तिनै जनालाई पक्राउ गरेको हो। हाल उनीहरूलाई हिरासतमा राखी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीमाथिको आक्रमणलाई गम्भीर रुपमा लिने जनाउँदै प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय