काठमाण्डौ । १२औँ म्युजिक खबर म्युजिक अवार्ड २०८१ मा गीतकार तथा प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकीले “जुरी अवार्ड–गीतकार (आधुनिक)” विधामा अवार्ड प्राप्त गर्न सफल भएका छन्।

उहाँले रचना गर्नुभएको “भाग्य लेख्ने भगवान कहाँ छौ” बोलको मार्मिक तथा भावनात्मक गीतले यस वर्षको जुरिको ध्यान आकर्षित गर्दै अवार्ड जितेको हो।

प्रहरी सेवा र साहित्यिक सिर्जनालाई सँगसँगै अघि बढाइरहेका बुढाथोकीले आफ्नो व्यस्त पेशागत जीवनका बीच पनि समाजलाई प्रतिविम्बित गर्ने गीत–साहित्य सिर्जना गर्दै आइरहेका छन्। उहाँको गीतले मानव पीडा, नियति र प्रश्नशील चेतनालाई स्पर्श गर्छ, जुन अहिलेको सामाजिक सन्दर्भमा निकै सान्दर्भिक मानिएको छ।

गीतकार बुढाथोकीले अवार्ड प्राप्त गरेपछि भने,

“यो सम्मानले मलाई अझ प्रेरणा दिएको छ। म संगीत र साहित्यका माध्यमबाट समाजमा सकारात्मक सन्देश दिन निरन्तर लागिरहने छु।”

अवार्ड समारोहमा देशभरका कलाकार, सर्जक, संगीतकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय