काठमाण्डौं—प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा नेपाली सेनामा साधारण सेवातर्फ सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार तथा सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।

सैनिक सेवा नियमावली २०७६ बमोजिम साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गरिने व्यवस्था अनुसार यसपटक ३४ मध्ये पाँच जना संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक मिशनमा खटिएका बाहेक २९ जनाले यो सम्मान प्राप्त गरेका छन्, जसको जानकारी सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएकाे छ।

समारोहमा बलाध्यक्ष, रथीवृन्द, अन्य उच्चअधिकृतहरू तथा बढुवा भएका अधिकृतहरूको परिवारजन उपस्थित थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय