काठमाडौं — शुक्रबार अपराह्न कोटेश्वरमा एक सादा पोशाकका व्यक्तिले पेस्तोल ताकेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो। राजावादीहरूले ‘आन्दोलनमा घुसपैठ भयो’ भन्दै उक्त तस्वीर प्रचार गरेका थिए।

तर, अनुसन्धानपछि प्रहरीले नयाँ तथ्य फेला पारेको छ। प्रहरीका अनुसार, शुक्रबार कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्यूरो अगाडि हिंसात्मक प्रदर्शन भएको थियो। प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगो लगाएका थिए। भिडले प्रहरीको गाडी पल्टाउने प्रयास गर्दै आगजनी गरेको थियो।

लागुऔषध ब्यूरोमा तैनाथ सबै प्रहरी सादा पोशाकमा हुन्छन्। घटनाका बेला ब्यूरोको एक टोलीले कार्यालय अगाडि प्रहरीको गाडीमा आगो लगाउँदै गरेको देखेपछि पोजिसन लिएको थियो। ब्यूरोका एक उच्च अधिकृतका अनुसार, ‘गाडी जलाउँदै ब्यूरोमा प्रवेश गर्ने प्रयास भएपछि प्रहरीले बाध्य भएर प्रतिक्रिया जनाएको हो। तर, स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि हाम्रा प्रहरीले नै ज्यान जोगाउन भाग्नुपर्‍यो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय