काठमाण्डौं— जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी कार्यालयहरूले प्रहरी कर्मचारीहरूबीच Tea With Team कार्यक्रम सम्पन्न गरेका छन्।

उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईरालाले सहकर्मीहरूसँग एक कप चिया कार्यक्रम आयोजना गर्नुभएको हो। सोही अवसरमा फागुन महिनाभर जन्मदिन परेका प्रहरी कर्मचारीहरूको जन्मदिन समेत मनाइँदै उहाँले शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल, दक्षता, र समर्पणका साथ त्रुटिरहित सेवा प्रदान गर्नुपर्नेमा जोड दिइयो। यसै अवसरमा, लगनशीलता तथा कर्तव्यनिष्ठताका आधारमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी जवान मानसिंह बि.क. लाई २०८१ माघ महिनाको ‘Police of the Month’ घोषणा गर्दै प्रमाणपत्रद्वारा सम्मान गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक कोईरालाले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अनुशासन, इमान्दारिता, र दक्षताका साथ सेवा प्रवाह गर्न निर्देशन दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय