
कानूनलाई एउटै परिभाषामा सीमित गर्नु जटिल मात्र नभई असान्दर्भिक पनि हुन्छ। समाजशास्त्रीय दृष्टिकोणले हेर्दा, कानूनले सामाजिक गतिविधिको विविध पक्षलाई नियमित गर्दछ। कानूनका विभिन्न प्रकार छन्, जुन विभिन्न आधारमा वर्गीकृत गरिएका छन्। यहाँ प्रमुख प्रकारहरू उल्लेख गरिएका छन्।
१. सारवान कानून र कार्यविधि कानून—

क) सारवान कानून (Substantive Law)
सारवान कानून भनेको व्यक्तिका हक, अधिकार, कर्तव्य, तथा जिम्मेवारी निर्धारण गर्ने कानून हो। यसले व्यक्तिको स्वतन्त्रता, समानता, सम्पत्ति, प्रतिष्ठा, र न्यायको प्रत्याभूति गर्दछ।
यसका मुख्य विशेषताहरू:—
• व्यक्तिको हक अधिकारको सृजना र सुरक्षा गर्छ।
• स्वतन्त्रता, सम्पत्ति, र जीवनको सुनिश्चितता प्रदान गर्छ।
• सामाजिक न्याय र समानताको संरक्षण गर्छ।
• हकदाबीको रक्षा गर्दै न्याय दिलाउँछ।
ख) कार्यविधि कानून (Procedural Law)—
कार्यविधि कानून भनेको सारवान कानूनद्वारा सृजित हक अधिकारको कार्यान्वयन सुनिश्चित गर्न अपनाइने प्रक्रिया हो।
यसका विशेषताहरू:—
• विवाद समाधानको लागि कानूनी प्रक्रिया निर्धारण गर्छ।
• न्यायिक निकायहरूबाट बाध्यकारी रूपमा लागू गरिन्छ।
• कानूनी प्रकृयामा एकरुपता, स्पष्टता, र पारदर्शिता कायम गर्छ।
• निर्णय प्रकृयालाई वैध, न्यायोचित, र सरल बनाउँछ।
२. देवानी र फौजदारी कानून—
क) देवानी कानून (Civil Law)
देवानी कानूनले व्यक्तिगत तथा सम्पत्ति सम्बन्धी अधिकार, दायित्व, तथा विवादहरूको व्यवस्थापन गर्छ।
यसका विशेषताहरू:—
• सम्पत्ति, करार, अंशबण्डा, पारिवारिक मामिला, पद, प्रतिष्ठा, आदि समेट्छ।
• व्यक्तिको हक र अधिकारको संरक्षण गर्छ।
• अदालतमार्फत हकको सुरक्षा र कार्यान्वयन गरिन्छ।
• पारिवारिक विवाद, सम्पत्ति विवाद, करार उल्लंघन, आदि समेट्छ।
• समाजमा शान्ति र स्थिरता कायम राख्न मद्दत गर्छ।
ख) फौजदारी कानून (Criminal Law)—
फौजदारी कानून अपराध, अपराधीहरूको दण्ड, र आपराधिक न्याय प्रक्रियासँग सम्बन्धित हुन्छ।
यसका विशेषताहरू:—
• कुन कार्यहरू अपराध हुन् भन्ने निर्धारण गर्छ (जस्तै, हत्या, चोरी, बलात्कार, डकैती, आदि)।
• अपराधीलाई कानूनी कारबाही र दण्डको व्यवस्था गर्छ।
• समाजमा शान्ति, सुरक्षा, र कानूनी शासन कायम राख्न मद्दत गर्छ।
• अनुसन्धान, मुद्दा दर्ता, कारबाही, तथा सजायको प्रक्रिया समेट्छ।
• अपराधी र पीडित दुवैको अधिकार सुनिश्चित गर्छ (निष्पक्ष सुनवाई, सुरक्षा, तथा मुआब्जा आदि)।
कानून समाजको एक महत्त्वपूर्ण आधारशिला हो। यसले न्याय, शान्ति, र स्थायित्वको सुनिश्चितता गर्दै सभ्य समाज निर्माणमा योगदान पुर्याउँछ।
लेखक – दिनेश जैशी कक्षा ११ मा कानुन अध्यानरत बिध्यार्थी हुन् ।



