काठमाण्डौं—सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल, र ४५ वर्षीय कमलेशकुमार दास रहेका छन्। उनीहरूलाई पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न संलग्न रहेको आरोपमा मुद्दा दर्ता गरिएको छ।

मृतक रिंकु सदायको परिवारले गत फागुन ८ गते चारवटा मुद्दामा ८ जनाविरुद्ध पूरक जाहेरी दिएको थियो, जसमा कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक, र लेनदेन मिलापत्र गरी चारवटा शीर्षक समावेश छन्। सामूहिक बलात्कार आरोपमा तीन जना र गाउँमै मिलाउन खोज्ने पाँच जना गरी कुल ८ जनाविरुद्ध इलाका प्रहरी कार्यालय, लहानमा जाहेरी परेको थियो।

गत माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। त्यसअघि, माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुमाथि सामूहिक बलात्कार भएको थियो। उक्त घटना मिलाउन गाउँमै पञ्चायत बसेको थियो, जसमा वडासदस्यसहितका स्थानीयको संलग्नतामा माघ २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो। पीडकहरूबाट एक लाख ४० हजार रुपैयाँ जरिवाना गराएर घटना दबाउने प्रयास गरिएको थियो। तर, अन्याय भएपछि रिंकुले आत्महत्या गरेको परिवारको दाबी छ।

थप अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ, र पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय लाहानको हिरासतमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय