काठमाडौं— काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै ट्राफिक व्यवस्थापनमा सुधार गर्न निर्देशन दिएका छन्।

निरीक्षणका क्रममा एआईजी तामाङले कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा मातहतका ट्राफिक प्रहरी परिसर, वृत्त र प्रभाग प्रमुखहरूलाई तालुक कार्यालयबाट प्राप्त नीतिहरू अक्षरशः पालना गर्नुपर्ने निर्देशन दिए।

उनले ट्राफिक प्रहरीले आफ्नो कार्य जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने भन्दै सेवाग्राहीसँग उच्च व्यावसायिकता अपनाउँदै नागरिकमैत्री सेवा प्रदान गर्नुपर्नेमा जोड दिए। साथै, ट्राफिक व्यवस्थापनलाई उत्कृष्ट बनाउन सरोकारवाला निकायसँग समन्वय गरी कार्य गर्नुपर्ने निर्देशन दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय