
काठमाडौं— प्रहरीले नागढुंगाबाट अवैध सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत, महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र २४ वर्षीय राहुल खडु सरकला रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार, उनीहरूलाई काँकडभिट्टाबाट काठमाडौं आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबाहक बसमा सवार उनीहरूको साथबाट ३१८ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखी थप कारबाही अघि बढाएको छ।



