राती मन भित्र उडिरहने कुराहरू
र आँखामा आउने निदरी बीच
के सम्बन्ध होला
या दुश्मनी

मनमा कुरा केही नखेल्दा
निद टुपलुक्कै आउँछ
अनि शरीर भित्र गडीएर बस्छ
गर्लम्म अँकमाल गरेर
घाम उदाए पनि अक्सर
उम्कन खोज्दैन सदिले

कहिले फेरी
मनमा कुरा खेलीरहेँदाको बखत
जति कोल्टे फेरे पनी
निद फिटिक्कै आउदैन

रातको सन्टामा
किन चर्को हुन्छन् मौन बिचार पनि

दिँउसोको फर्सतिला ति समयका बीच
लुकामारी खेलीरहन्छन् त्यै सोचहरू

✍️— राजबल्लभ कोइराला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय