सानै थिएँ, बुवाको सम्झना छ अझै,
सानो हात समाई हिँड्नुहुन्थ्यो मलाई।
एकाएक गुमाएँ, टुहुरो भएँ,
बुवाको अभावले मन भारी बन्छ।

 

आँसु पुछ्दै हुर्किएँ सङ्घर्षका बाटा,
जीवनले सिकायो आत्मबलका कुरा।
बुवाको सपना आँखामा सजाएँ,
देशको रक्षा नै मेरो धर्म बनाएँ।

 

प्रहरीको पोशाकमा गर्व छ मलाई,
निद्रा छोडी जाग्राम बस्छु रातभरि।
अपराध रोक्न दौडन्छु हरपल,
शान्ति सुरक्षाको अठोट छ गहिरो।

 

सङ्घर्षको बाटो अझै सहज छैन,
तर यो पोशाक मेरो अभिमान छ।
बुवाको सपना साँचेर अगाडि बढ्छु,
प्रहरीको धर्म निष्ठाले निभाइरहन्छु।
                  लेखक  बसन्त जोशी नेपाल प्रहरीमा कार्यरत हुनहुन्छ ! 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय