काठमाण्डौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्कीले जिल्लाको कमाण्ड सम्हालेसँगै शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्ने बताएका छन्।

पदबहाल भएपछि पत्रकार भेटघाटमा एसपी कार्कीले अपराध र आपराधिक गतिविधिहरूलाई जरैदेखि उखेल्ने प्रतिबद्धता व्यक्त गरे। कानुन कार्यान्वयन, विधिको शासन र प्रहरी संगठनको निर्देशनअनुसार अघि बढ्ने उनको धारणा छ। प्रचारप्रसारमा रुचि नदेखाउने एसपी कार्कीले सिन्धुपाल्चोकलाई स्वच्छ, पारदर्शी र भयरहित जिल्ला बनाउने उद्देश्य राखेको बताए।

उनले लागूऔषध दुर्व्यसन, चोरी, गुण्डागर्दी, जुवातास, घरेलु तथा यौनजन्य हिंसा, तस्करीजस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष अपरेसन सञ्चालन गर्ने जानकारी दिए। साथै, बजार क्षेत्र र व्यावसायिक प्रतिष्ठानहरूमा सिसिटिभी निगरानीलाई कडाइ गर्ने, मापसे जाँच (ड्रिंक एन्ड ड्राइभ) नियन्त्रणलाई प्राथमिकता दिने योजनासमेत सुनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय