कानून समाजमा अमनचयन, शान्ति, सुव्यवस्था एवम् राज्यमा निष्पक्ष न्याय प्रणाली स्थापनाका लागि राज्यकोप्रभुसत्ता सम्पन्न व्यक्ति, समूह वा राज्यले नै बहुसंख्यक जनताको हितमा बनाइने नियम वा सिद्धान्तहरूको सभ्य, सार्थक अभिव्यक्तिलाई भनिन्छ। समाजलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न, नागरिकका अधिकार सुरक्षित गर्न तथाराज्य सञ्चालनको विधि सुनिश्चित गर्न कानूनको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

कानूनको परिभाषाकानूनलाई विश्वका विभिन्न कानूनविद्ले फरकफरक तरिकाले परिभाषित गरेका छन्।

• Holland का अनुसार, “कानून भनेको न्याय प्रशासनका लागि राज्यद्वारा स्वीकृत तथा मान्यता प्राप्तसिद्धान्तहरूको समूह हो।

अस्टिन भन्छन्, “कानून सम्प्रभुको आदेश हो।

साल्मन का अनुसार, “कानून सार्वभौमद्वारा लागू गरिएका आचरणसम्बन्धी नियम हो।

होल्मस ले भनेका छन्, “न्यायधीशले आफ्नो फैसलामा जे भन्छ, त्यही कानून हो।

कानून समाजमा शान्ति, सुव्यवस्था कायम गर्न राज्यका सर्वोच्च शक्तिद्वारा लागू गरिएका नियम तथा सिद्धान्तहरूकोसंगालो हो। यो समाजलाई सही दिशामा मार्गदर्शन गर्ने मात्र होइन, अनुशासन कायम गर्न तथा सुकार्यमा प्रेरित गर्नेशिक्षा पनि हो।

कानूनका विशेषता

कानूनका निम्न विशेषताहरू रहेका छन्:

1. राज्यद्वारा जारी गरिन्छकानून सार्वभौमसत्ता सम्पन्न व्यक्ति वा समूहद्वारा जारी गरिन्छ।

2. न्यायिक व्याख्या हुन्छकानूनको व्याख्या प्रयोग न्यायिक निकायद्वारा गरिन्छ।

3. समानता कायम गर्छकानूनको नजरमा सबै व्यक्ति समान हुन्छन्।

4. कोही पनि कानूनभन्दा माथि हुँदैनकुनै पनि व्यक्ति वा संस्था कानूनभन्दा पर हुन सक्दैन।

5. अज्ञानता क्षम्य हुँदैनकानूनको अज्ञानतालाई बहाना बनाएर उन्मुक्ति पाइँदैन।

6. पालना नगरेमा दण्डको भागीदार हुनुपर्छकानून उल्लंघन गर्ने व्यक्ति दण्डनीय ठहरिन्छ।

7. परिवर्तनशील हुन्छसमयानुसार कानून परिमार्जन परिष्कृत गर्न सकिन्छ।

8. राज्य सञ्चालनको आधार तय गर्छसरकार सञ्चालनका लागि विधि पद्धति निर्माण गर्छ।

9. न्यायको सिद्धान्तमा आधारित हुन्छकानूनले प्राकृतिक न्यायको सिद्धान्त पालना गर्छ।

10. समाजविहीन कानूनको कल्पना असम्भव कानूनबिनाको समाज अस्तित्वमा आउन सक्दैन।

कानूनका उद्देश्यहरू

कानूनको प्रमुख उद्देश्य समाजमा शान्ति, सुव्यवस्था तथा अमनचयन कायम गर्नु हो। यसको सर्वोपरि उद्देश्य मानवीयहितको रक्षा गर्नु हो। कानूनका उद्देश्य निम्न छन्:

1. समाजमा शान्ति सुव्यवस्था कायम राख्नु।

2. मानवका वैध इच्छा तथा आवश्यकताहरू पूरा गर्न अवसर प्रदान गर्नु।

3. प्रत्येक व्यक्तिलाई अधिकार कर्तव्यप्रति सचेत जिम्मेवार बनाउनु।

4. समाजमा अनुशासन नैतिकता कायम गर्नु।

5. नागरिकका हक तथा अधिकारको संरक्षण गर्नु।

6. समाजको विकास तथा आधुनिकीकरणसँगै आवश्यक सुधार ल्याउनु।

7. अपराध नियन्त्रण गर्दै दोषीलाई कानूनी दायरामा ल्याई सजाय दिनु।

कानूनको महत्व आवश्यकता

कानून समाजको अभिन्न अङ्ग हो, जसले न्यायसंगत सुव्यवस्थित समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँछ।यसको मुख्य महत्व निम्नानुसार छन्:

1. शान्ति, सुव्यवस्था तथा अमनचयन कायम गर्नकानूनले समाजमा स्थायित्व तथा सुरक्षित वातावरणसिर्जना गर्छ।

2. नागरिकका नैसर्गिक तथा मौलिक अधिकारको संरक्षण गर्नव्यक्तिका हक, स्वतन्त्रता तथा अधिकारसुनिश्चित गर्छ।

3. सरकारलाई निरंकुश हुनबाट रोक्नकानूनले विधिको शासन स्थापना गरी लोकतन्त्रको रक्षा गर्छ।

4. समानता तथा समता कायम गर्नकानूनले सबैलाई समान अधिकार प्रदान गर्छ।

5. नागरिकलाई अधिकार कर्तव्यबारे सचेत गराउनकानूनले नागरिकलाई आफ्नो जिम्मेवारीबारे सचेतगराउँछ।

6. राज्य सञ्चालनका विधि तथा आधार तय गर्नकानूनी संरचना सरकार सञ्चालनको दिशानिर्देशक हो।

7. सभ्य, अनुशासित तथा सुसंस्कृत समाज निर्माण गर्ननैतिकता तथा अनुशासनको प्रवर्द्धन गर्छ।

8. अपराध नियन्त्रण तथा दण्डहीनताको अन्त्य गर्नकानूनले अपराध रोक्न दोषीलाई न्यायको कठघरामाउभ्याउन सहयोग गर्छ।

9. समाजका सदस्यहरूबीच सहकार्य तथा सहअस्तित्व कायम गर्नसमाजमा सद्भाव ऐक्यबद्धता विकासगर्छ।

10. समाजलाई कानूनी शासन प्रणालीमा रूपान्तरण गर्नकानूनको पालना गर्दा समाज कानूनी शासनद्वारासञ्चालित हुन्छ।

निष्कर्ष

कानून समाजको सुचारू सञ्चालनको मेरुदण्ड हो। कानून बिना समाजको कल्पना गर्न सकिन्न, किनकि यसले शान्ति, सुव्यवस्था तथा न्यायको रक्षा गर्छ। समाजमा कानूनको प्रभावकारी कार्यान्वयन भयो भने मात्र समाज समृद्ध, सभ्य तथासुरक्षित रहन सक्छ। नागरिकहरूले कानूनको पालना गरेमा राज्यमा विधिको शासन स्थापित हुन्छ समाजसुशासनको दिशामा अगाडि बढ्छ। त्यसैले, हरेक नागरिकले कानूनको सम्मान गर्दै यसको सही कार्यान्वयनमा सहयोगपुर्‍याउनु आवश्यक छ।

लेखक – दिनेश जैशी कक्षा ११ मा अध्यानरत कानुनका बिध्यार्थी हुन्। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय