काठमाडौँ — विशेष अदालतले नेपाल प्रहरीका तत्कालीन निरीक्षक (इन्स्पेक्टर) लोकबहादुर विष्टलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा दोषी ठहर गरेको छ।

अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले आइतबार विष्टको प्रमाणपत्र नक्कली भएको ठहर गर्दै ४ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।

०५५ साल भदौ १ गते असई (प्रहरी सहायक निरीक्षक) पदमा नियुक्त भएका विष्टले सोही नक्कली प्रमाणपत्रका आधारमा इन्स्पेक्टरसम्म बढुवा पाएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा विष्टविरुद्ध मुद्दा दायर गरेको थियो। विष्ट नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं. १, गुल्म नं. ४, नक्सालमा कार्यरत थिए।

यो घटनाले नेपाल प्रहरीमा शैक्षिक प्रमाणपत्रको प्रामाणिकताको सवालमा गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय