काठमाडौं — आन्तरिक राजस्व विभागको सफ्टवेयर ह्याक गरी भाटभटेनी सुपरमार्केटको तिर्नुपर्ने कर दायित्व बढाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामा पर्वतको बिदाहा गाउँपालिका–३ घर भई चितवन भरतपुरमा बसोबास गर्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय परिन पाण्डे रहेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरूलाई चितवनबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता तथा एसपी सुधीरराज शाहीका अनुसार उनीहरूले आन्तरिक राजस्व विभागको ‘एकीकृत कर प्रणाली’ मा प्रवेश गरी भाटभटेनी सुपरमार्केटको युजर आईडी र पासवर्ड प्रयोग गर्दै करको दर हेरफेर गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय