काठमाण्डौं। सभामुख देवराज घिमिरेले नेपालले चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव तथा चिनियाँ नयाँ वर्ष समारोहलाई सम्बोधन गर्दै उनले चीनले गरेको सहयोगको प्रशंसा गरे।

सभामुख घिमिरेले नेपालले सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्ने परिप्रेक्ष्यमा चीनको सहयोग महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले भने, “नेपालले चीनको प्रगतिमा गर्व गर्दै आर्थिक साझेदारीमार्फत विकास र समृद्धिमा लाभ लिनेछ। नेपालका विकास प्रयासमा चीनको साथ, सहयोग, र सहकार्यको उच्च प्रशंसा गर्दछौं।”

सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष घोषणा भइसकेको सन्दर्भमा सभामुखले चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा आएर पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

घिमिरेले नेपाल–चीनबीच आर्थिक, सामाजिक, र सांस्कृतिक विकासका अवसरहरूलाई सदुपयोग गर्दै समृद्ध भविष्यतर्फ हातेमालो गर्न आह्वान गरे। उनले ७०औं वार्षिकोत्सवले दुई देशबीचको आर्थिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय