
काठमाडौं – लाखौं रकम ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३५ वर्षीय कुशल ठकुरी भन्ने दिनेश घिमिरेलाई पक्राउ गरेको छ।
नुवाकोट ककनी गाउँपालिका-२ निवासी घिमिरेले आफू त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा कर्मचारी भएको झुटो परिचय दिएर ठगी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

एसपी काजीकुमार आचार्यका अनुसार उनले सुन लिलामीमा सस्तोमा मिलाइदिने, भन्सारमा रहेका आइफोन र ब्रान्डेड गाडीहरू उपलब्ध गराइदिने प्रलोभन देखाएर थुप्रै व्यक्तिहरूलाई ठगेका थिए।
प्रहरीले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको जानकारी दिएको छ।



