
बर्दिया – प्रहरीले लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–६, मैनापोखरबाट शनिबार साँझ १९ वर्षीय कृष्ण थापालाई पक्राउ गरिएको हो। पक्राउ परेका थापा जाजरकोटको जुनिचाँदे गाउँपालिका–५, मईपका बासिन्दा हुन्।
इलाका प्रहरी कार्यालय मैनापोखरका इन्चार्ज प्रहरी निरीक्षक राजेश साहुको नेतृत्वमा खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका थापालाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा चरेश बरामद भएको जनाएको छ।

थापालाई आवश्यक कानूनी कारबाहीका लागि प्रहरी नियन्त्रणमा राखिएको छ।



