
काठमाण्डौं। इलाका प्रहरी कार्यालय रामपुर, पाल्पाका प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपाली पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाले मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्यांकनका आधारमा उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।

प्रहरी निरीक्षक नेपालीलाई प्रदान गरिएको प्रमाणपत्रमा उनले साङ्गठनिक नीति र निर्देशनअनुसार इमानदारी, वफादारी, लगनशीलता, तथा कर्तव्यनिष्ठताका साथ उत्कृष्ट कार्य सम्पादन गरेकाले उत्कृष्ट घोषणा गरिएको उल्लेख छ। प्रमाणपत्र प्रहरी उपरीक्षक नरेन्द्र चन्दले हस्ताक्षर गरेका हुन्। आज एक कार्यक्रमका बीच प्रहरी उपरीक्षक चन्दले निरीक्षक नेपालीलाई प्रमाणपत्र प्रदान गरे।

प्रहरी निरीक्षक नेपालीका मुख्य उपलब्धिहरू
•पुस २५: पाल्पा रम्भा गाउँपालिका–१ भवरमा दाउरा लोड गरिएको ट्रक रोकेर राखेको घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएका।
•मंसिर २८: रामपुर नगरपालिका–७ र ५ बाट २ किलोग्राम गाजासहित २ जनालाई पक्राउ गरेका।
•कार्तिक १४: रम्भा गाउँपालिकास्थित रम्भा रिसोर्टमा जुवा खेलिरहेका जुवाडेलाई नियन्त्रणमा लिएका।
•कार्तिक ११: रामपुर नगरपालिका–४ काँसघारीमा राम बहादुर थापाको घरबाट चोरी भएको सुनका गहना र भ्यान जिप चोरी प्रकरणमा संलग्नलाई पक्राउ गरेका।
समुदाय प्रहरी साझेदारी र शान्ति सुरक्षा
प्रहरी निरीक्षक नेपालीले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत १० वटा कार्यक्रम सञ्चालन गरेका छन्। उनले गुण्डागर्दी, चोरी नियन्त्रण, शान्ति सुरक्षा कायम, तथा फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।
साथै, प्रहरी निरीक्षक नेपालीको इमानदारिता, कार्यक्षमता र निष्ठापूर्ण सेवाले शान्ति सुरक्षा र कानुन कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने प्रहरी अधिकृतका रूपमा परिचित छ ।



