काठमाण्डौं। नेपालमा अव्यवस्थित सहरीकरण, सहरी क्षेत्रको बढ्दो जनघनत्व, अटोमोबाइल क्षेत्रमा भएको उन्नति, मानिसहरूको जीवनशैलीमा आएको परिवर्तन द्रुत गतिमा वृद्धि भइरहेको सवारी चापका कारण हाल ट्राफिकव्यवस्थापन सडक दुर्घटना न्यूनिकरण हरेक नागरीकको दैनिक सरोकारको रूपमा विकसित भएको छ।

तर देशभरको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको सवारी दुर्घटनाबाट राष्ट्रले वर्षेनी ठूलो धनजनको क्षति बेहोर्नु पर्नेअवस्था सबैलाई जानकारी रहेको विषय नै हो। नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको परिप्रेक्ष्यमा ट्राफिक व्यवस्थापन सवारी दुर्घटना न्यूनिकरणको ठूलो महत्व छ। यसका लागी सरोकारवाला सबै आ-आफ्नो क्षेत्रमा सबै जिम्मेवार हुनपर्छ ।

इलाका प्रहरी कार्यालयको भालुवाङको आयोजनामा, ” सवारी चालक दुर्घटना न्यूनिकरणमा मेरो जिम्मेवारी “, “हाम्रो सडक मेरो सवारी , ट्राफिक नियम पालना मेरो जिम्मेवारी सवार यात्री , दुर्घटना न्यूनिकरण मेरोजिम्मेवारीभन्ने मुल नाराका साथ सवारी चालकहरुको हस्ताक्षर संकलन कार्यक्रम संचालन गरिएको छ ।

आज एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीबाट स्थानियजनप्रतिनीधि,संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरु,समाजसेवी बुद्बीजिवीहरु,सवारी चालकहरु, सडकप्रयोगकर्ताहरु स्थानिय व्यवसायीहरु समेतको सहभागितामा जिल्ला दाङ राप्ती गाउँपालिका वडा नं. भालुवाङपुलचोक  लालमटिया चोक लगाएतका स्थानमा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रतिबद्धता सहितको हस्ताक्षरकार्यक्रम संचालन गरीएको इलाका प्रहरी कार्यालयको भालुवाङका प्रहरी प्रमुख अमर बहादुर माझीले जानकारी दिनु भयो ।

साथ उक्त्त कार्यक्रममा आज कुल ५०९ जना सवारी चालकहरुको हस्ताक्षर संकलन गरिएको समेत जानकारी दिनु भयो

यसै बिच इप्रका भालुवाङका प्रहरी प्रमुख इन्स्पेक्टर अमर बहादुर माझि संग हामीले सडक दुर्घटनाका प्रमुख कारण र न्युनीकरणका उपाय के के हुन सक्छन भनेर प्रश्न गरेका छौ ।

सवारी दुर्घटना हुनाका कारणहरू:

१. मानवीय कारण

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु।

क्षमताभन्दा बढी यात्रु बोक्नु।

क्षमताभन्दा बढी सामानको ढुवानी गर्नु।

लामो दूरीमा चल्ने सवारी साधनहरूमा वैकल्पिक चालकको व्यवस्था गर्नु पर्ने नियमको पूर्ण पालना नगर्नु।

सवारी चालकहरुलाई सवारी प्राथमिकताका सम्बन्धमा अनभिज्ञता जथाभावी ओभरटेक गर्नु।

चालकको दक्षतामा कमी, नक्कली सवारी चालक अनुमती पत्रको प्रयोग।

दुर्घटनामा संलग्न सवारी चालकले पटकपटक दुर्घटना गर्नु आदि।

२. सडक तथा सडक सुरक्षा पूर्वाधारका कारण

सडकमा भएका खाल्डाखुल्डीहरु समयमा मर्मत नहुनु।

सडक निर्माण गर्दा सुरक्षाका उपायहरुको अवलम्बन नहुनु।

सडकको पूर्वाधारहरु निर्माण हुँदा पर्याप्त रोड मार्किङ, ट्राफिक साइन, लाइट, कोन, डिभाइडर कन्भेक्स मिरर नहनुआदि।

३. सवारी साधन

सडक क्षमता अनुसार सवारी साधन संचालन नहुनु।

पुराना सवारी साधनहरुको व्यवस्थापन प्रभावकारी नहुनु (२० वर्षभन्दा पुराना सवारी साधनहरुको विस्थापन, रात्रीबस थोत्रो भएपछि ग्रामीण इलाकामा संचालन गरिने)

निजी सवारी साधनको आयातमा बृद्धि।

४. सवारी चालक अनुमति पत्र

प्रचलित सचाअप परीक्षाको प्रकृयाको मापदण्ड वैज्ञानिक नहुनु (परीक्षा ड्रिल जस्तो भएको, रोड टेस्ट नहुने भएकोलेपहाडी सडकहरुको अनुभव नहुने)

सचाअप प्राप्त गर्ने सन्दर्भमा समय समयमा अनियमितता हुनु।

ड्राइभिङ स्कुलहरुको उचित मापदण्ड निर्धारण तथा प्रभावकारी अनुगमन नहुनु।

सवारी दुर्घटना न्यूनीकरणका उपायहरु :

  • पहाडी क्षेत्रका साँघुरा तथा कच्ची सडकमा लामा सवारी साधन सञ्चालनमा रोक लगाउनुपर्छ
  • रातको लागि ट्राफिक संकेत बोर्ड सडक बत्ती राख्नुपर्छ
  • सवारी साधनको चेकजाँच गराउनका लागि भेइकल फिटनेश केन्द्र स्थापना गराउनुपर्छ
  • रुट तथा सवारी क्षमताअनुसार सञ्चालन अनुमति दिनुपर्छ
  • पैदलयात्री तथा दुइ पांग्रे सवारीका लागि छुट्टाछुट्टै लेन बनाउनुपर्छ
  • बस बिसाउनेमा मात्र सवारी रोक्नुपर्छ

चुनौतीहरू

अव्यवस्थित सहरीकरण

सहरी क्षेत्रको बढ्दो जनघनत्व

अटोमोबाइल क्षेत्रमा भएको उन्नति

मानिसहरूको जीवनशैलीमा आएको परिवर्तन

द्रुत गतिमा वृद्धि भैरहेको सवारी चाप

उचित नीति नियमको अभाव

सम्बन्धित निकायहरू बीचको आपसी समन्वयको कमी आदि ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय