काठमाडौं । नेपाल प्रहरीमा पाँच जनालाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरिएको छ । गृहमन्त्री रमेश लेखकले यसअघि बढुवा सिफारिस समितिको सिफारिस अनुसार पाँच एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय आइतबार गरेका हुन् ।

बढुवासँगै उनीहरुको पदस्थापन पनि भएको छ । इश्वर कार्की अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदास्थापन भएका छन् । राजेन्द्रप्रसाद भट्ट कार्य विभागको कार्य निर्देशनालय, दिनेशकुमार आचार्य प्रहरी महानिरीक्षकको सचिवालय, अरुण कुमार पौडेल अपराध अनुसन्धान निर्देशनालय र गोबिन्द थपलिया प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय