
ऊ नर्स पनि थिई, प्रेमिका पनि,
शुद्धताको पहिरनमा सजिएकी,
तर मनको कुना-कुनामा,
स्वार्थले बास गरेको।
रोगीको सेवा गर्नु पर्थ्यो उसले,
तर औषधिको बिलसँगै,
आशाको मूल्य तोक्थी,
हेरचाहको नाममा व्यापार गर्थी।
प्रेमको वाचा पनि गरिन,
तर त्यो केवल शब्दको खेल,
साथ दिने नाममा,
आफ्नो लाभ मात्रै खोजिन।
रोगीलाई बाँच्ने भरोसा दिँदा,
उसले उनीहरूको आँसु गनिन,
प्रेमको नाटक गर्दै,
उसले भावनालाई व्यापार बनाइन्।
उसको सेतो लुगा र मिठो मुस्कान,
दुवै थिए मात्र एउटा मुखौटा,
जहाँ सेवा र माया,
दुई चोला थिए स्वार्थका।
तर उसले बिर्सिई,
कुनै दिन स्वार्थको यो जाल,
आफैंलाई कस्छ,
र ऊ पनि रोकिन्छ साँचो सेवाको अगाडि।
समर्पणको आह्वान—
नर्स होस् या प्रेमिका,
इमानदारी नै छ साँचो गहना,
सेवा र प्रेम साचो हुँदा,
मानवता फक्रिन्छ हरेक दिन।




