काठमाडौं  संयुक्त राज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला, संस्कृति मनोरञ्जन प्रवद्र्धन गर्ने उद्देश्यलेसाङ्गीतिक तथा हास्य कार्यक्रम आयोजना हुने भएको फ्लाइ नेपाको आयोजनामा हुने यस कार्यक्रमअब नाच्छअमेरिका ’, ‘अब हाँस्छ अमेरिका अब सुन्छ अमेरिकाशीर्षकमा प्रस्तुत हुनेछ

आगामी सन् २०२५ को फेब्रुअरीदेखि अप्रिलसम्म सञ्चालन हुने यो कार्यक्रमको बारेमा जानकारी दिदैँ आयोजक फ्लाइनेपाका अध्यक्ष विनोद अधिकारीले भने, ‘यसअघि आयोजित कार्यक्रमबाट सकारात्मक ऊर्जा मिलेको छ। यसपटकअझै सभ्य भव्य रुपमा प्रस्तुतिका लागि हामी तयारी गरिरहेका छौं

अब नाच्छ अमेरिका मा गायक बद्री पङ्गेनी, प्रताप दास, गायिका कला लम्साल, एलिना चौहानले आफ्नोप्रस्तुती दिनेछन्
अब सुन्छ अमेरिकाअन्तर्गत कवि प्रदीप रोदन साइग्रेस पोखरेलले कविता वाचन साहित्यिक कार्यक्रम प्रस्तुतगर्नेछन्
यस्तै, ‘अब हाँस्छ अमेरिका मा मिस पवि, पवन खतिवडा, सुजीता श्रेष्ठ लगायतले दर्शकलाई हँसाउने विशेषप्रस्तुती दिनेछन्

गायिका कला लम्सालले विशेष तयारी भइरहेको बताउँदै भनिन्, ‘हामी यस पटक नयाँ फरक प्रस्तुती दिन उत्साहितछौं। दर्शकलाई नचाउन रमाइलो गराउन विशेष योजना बनाएका छौं

यो कार्यक्रम अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो क्यालिफोर्निया लगायतका सहरमा आयोजना हुनेछ

फ्लाइ नेपाका आयोजकले यस कार्यक्रमले नेपाली कला, संस्कृति मनोरञ्जनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नमहत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय