काठमाडौँ । २९ हजार सात सय अमेरिकी डलर सहित एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले बिहीबार दिउँसो २ बजे कमल गाउँपालिका वडा न ३ केर्खा चोक स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधनचेकजाँच गर्ने क्रममा दमकबाट बिर्तामोड तर्फ जादैं गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको बसमा सवार झापागौरादह नगरपालिका वडा न ५ बस्ने वर्ष २५ को मोहम्मद नौसाद मियालाई रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता /डिएसपी कृष्ण चन्दले जानकारी दिनु भयो  । 

स्रोत नखुलेको अमेरिकन डलर १०० दरका २९७ थान २९,७०० (नेपाली दररेट अनुसार रु.४०,३३,८५४ रुपियाँ फेलापारी कानुन बमोजिम बरामद गरी सो सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेकोजनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय