बुटवल ।रुपन्देहीको सैनामैनामा सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता हुनेभएको छ । दुधराक्ष युवा क्लवको आयोजनामा माघ२५ गते देखी फागुन ३ गते सम्म उक्त भलिबलप्रतियोगिता आयोजन गर्न लागिएको क्लवकासचिव पदम पाण्डेले जानकारी दिनु भयो ।प्रतियोगिता सैनामैना –६, कलौनी चोक लुम्बिनीरोड खेलमैदानमा सञ्चालन हुने छ ।

खेल मार्फत खेलाडीको बृद्धि बिकाससंगै समग्रसैनामैनाको बिकासको लागी भलिवल प्रतियोगिताआयोजन गर्न लागिएको समेत पाण्डेको भनाई छ ।

क्लवले भलिवल सञ्चालन गर्नका लागि नेपालभलिबल संघमा मंसिर १० गते पत्रचार गरेको थियोउक्त प्रत्रका आधारमा माघ २५ गते दखि फागुन ३गते सम्मका लागि संघले सैनामैना दुधराक्ष कपराष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगितासञ्चालनका लागि अनुमति दिएको छ । पत्रमाअन्तर्राष्ट्रिय भलिवल महासंघ (FIVB) र नेपालभलिबल संघको नीती नियम भित्र रहि प्रतियोगितासञ्चालन गर्न स्वीकृती प्रदान गरिएको छ ।

प्रतियोगितामा राष्ट्रिय स्तरका क्लवहरु टिप टपहेल्प नेपाल, गण्डकी भलिवल क्लव, मणिमुकुन्दभलिवल क्लव लगायतका चर्चित क्लवहरूलाईसहभागी गराउने दुधराक्ष युवा क्लवका अध्यक्षकिरन पोख्रेलले जानकारी गराउनु भयो ।भलिवलनेपालको राष्ट्रिय खेल पनि भएको र यसकोबिकासको लागी हरेक क्षेत्र लाग्नु पर्ने र सैनामैनामापनि राष्ट्रिय स्तरको भलिवल खेलाडी उत्पादन गर्नेउद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागेकोसमेत पोख्रेलको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय