काठमाडौं । गत असोज ११ गते मोटरसाइकल खरिद गर्ने वहानामा टेष्ट ड्राइभको निहुँमा मोटरसाइकल लिएर फरार भएका व्यक्ति झण्डै एक महिनापछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-२ घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने २३ वर्षीय समिर काफ्ले रहेका छन् ।

काठमाडौँको बाँसबारी स्थित गंगालाल अस्पताल नजिकबाट मोटरसाइकल खरिद गर्ने वहानामा टेष्ट ड्राइभका लागि बा ९५ प २१४ नम्बरको मोटरसाइकल लिएर काफ्ले गत असोज ११ गते फरार भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय