सर्लाही । घाँटी काटी हत्या गरी फरार रहेका एक प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सई सुवास यादव नेतृत्वमा गएको प्रहरी टोलीले बिहिबार उनलाई पक्राउ गरेका हुन्।

घटना अनुसार २०८० बैशाख २६ गते सर्लाही हरिपुर्वा .पा. वडा नं.०१ स्थित अनरजित महराकोखेतमा भारतीय नागरिक वर्ष २६ को शेखर सुमन भन्ने सिकु कुमारलाई धारिलो हतियारले घाँटीछिनाई हत्या भएको थियो

सोही घटनामा संलग्न रहेको आरोपमा देश भारत, बिहार राज्य, जिल्ला सितामढी, थाना सोनवर्षा, ग्रामपंचायत पुरनदाहा राजवाडा बस्ने २७ वर्षीय धर्मेन्द्र रायलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई अनुसन्धान गर्नको लागि सम्मानित सर्लाही जिल्ला अदालतबाट मिति २०८०/०२/११ गते पक्राउ अनुमति प्रहरीले प्राप्त गरेको थियो।

उक्त घटनामा संलग्न रही फरार रहेका व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा फरार प्रतिबादीहरु मध्ये धर्मेन्द्र रायलाई सर्लाही, मलंगवा .पा., वडा नं.०८ स्थित नेपालभारत सिमा नजिकगोरखकाली सडक खण्डमा बेलुकी फेला पारेको थियो

हाल सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ राय माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्त्ता डिएसपी दिपक श्रेष्ठले जनाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय