
काठमाडौँ– जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक सुभाष यादव ‘उत्कृष्ट अनुसन्धानकर्ता‘ प्रहरीको रुपमा पुरस्कृत भएका छन् ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले बर्षभरि उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन्। ६९ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आइजिपी कुँवरले पुरस्कार र कदर पत्र प्रदान गरेका हुन् ।

यादवलाई प्रदान गरिएको सम्मानपत्रमा ‘राष्ट्र र नागरिकको सेवामा समर्पित “सत्य सेवासुरक्षणम्” को आदर्श वाक्यलाई आत्मसात गरी नेपाल प्रहरीको जिम्मेवारी भित्र पर्ने महिलाबालबालिका सम्बन्धी अपराधको वस्तुनिष्ट, वैज्ञानिक र प्रभावकारी अनुसन्धान गरी अतुलनीय योगदान पुऱ्याउनु भएकोमा तपाईलाई ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा ‘उत्कृष्ट महिला बालबालिका सम्बन्धी अपराध अनुसन्धानकर्ता‘ प्रहरी पुरस्कार प्रदान गरिएको छ‘ भनेर उल्लेख गरिएको छ ।




