
कञ्चनपुरः कञ्चनपुरको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्स्पेक्टर महेश विक्रम शाहीमाथि आक्रमण भएको छ।
गएराति करिब ९ बजेको समयमा पुनर्वास नगरपालिका–७, च–गाउँमा गस्तीमा निस्केको शाहीसहित ९ जनाको प्रहरी टोली चढेको भ्यानमा समेत तोडफोड भएको जनाइएको छ। चार्डपर्वका बेला हुने अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्धेश्यले स्थानीयको शान्ति सुरक्षाका लागि त्रिभुवनबस्तीका ईन्स्पक्टर शाही सहित ९ जनाको प्रहरी टोली भ्यान गस्तीमा निस्केको थियो।




