
काठमाडौं । युरोपियन नागरिकलाई लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
चक्कु देखाएर इटाली र जर्मन नागरिकका सामान लूट्ने गिरोहका तीन जनालाई प्रहरीले बनेपाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका सुन्थानका उज्ज्वल दाहाल रहेका छन् ।
प्रहरीले बेनपाबाट उनीहरुलाई लुटिएको सामानसहित पक्राउ गरेको हो। प्रहरीले घटना बारेमा थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।



