
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनीविरुद्ध एक महिलाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको गरेकि थिईन। सोही उजुरीको आधारमा उनी विरुद्ध गत बुधबार जिल्ला अदालत काठमाडौँ पक्राउ पुर्जी पनि जारी गरेको थियो।
आज आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको साईबर ब्यरोका प्रवक्ता एसपी दिपक राज अवस्थीले जानकारी दीनुभयो ।

प्रसाईलाई साईवर ब्यरोको टोलिले पक्राउ गरेको हो । उनलाई अहिले साइबर ब्युरोमा राखिएको छ ।
उनलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने बताइएको छ। केही व्यक्तिको चरित्र हत्या गर्ने गरी अभिव्यक्ति दिएको र त्यस्ता अभिव्यक्ति सहितको अन्तर्वार्ता प्रकाशन गरेको आरोप उनीमाथि छ।



