धनगढी, ५ असोज । कैलालीको धनगढीबाट लागुऔषध खैरो हिरोइनसहित दुई महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका-८ बस्ने वर्ष २७ की राममति राना र २२ वर्षकी करिना राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले सुरक्षा सरोकारलाई बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले दुई महिलालाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध (खैरो हेरोइन) बरामद भएको डिएसपी बोहराले बताए ।

बरामद भएको लागुऔषधको तौल एक ग्राम ७० मिलिग्राम रहेको बताइएको छ ।

लागुऔषधसहित पक्राउ परेका दुवै महिलालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय