
काठमाडौं । चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा गाडिले किचेर एक जनाको मृत्यु भएको छ ।
कलंकीबाट थानकोटतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनले किचेर हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।




