दाङ । महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विष्फोटक पदार्थ फ्याँकेर भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घोराहीका अभियान थापा र सुदन कार्की छन् ।

उनीहरुले आज बिहान दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विष्फोट पदार्थ फ्याँकेर भागेका थिए।

उनीहरुलाई भागिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुको साथबाट सुतली बम जस्तो देखिने वस्तुसमेत फेला परेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय