हिन्दूहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज मनाइँदैछ। जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनैफेर्नुका साथै हातमा रक्षा(बन्धन बाँध्ने परम्परा छ। यस दिन दिदीबहिनीले दाजुभाइको नाडीमा डोरो बाँधेर सत्भावसाट्ने गर्छन्। यस्तै नेवारी समुदायमा क्‍वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ। यस दिनमाबिहान नुहाइ धुवाइपछि जौं, तील कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ।

जनै पूर्णिमा, रक्षाबन्धनको  महत्त्व
वैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ। जनैका दुई डोरामध्ये एउटा डोरामा रहने तीन शिखालाईब्रम्हा, विष्णु महेश्वरको प्रतीकका रुपमा पुजिन्छ। अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना ज्ञानकोरुपमा मानिन्छ। जनैपूर्णीका दिन पितृलाई तर्पण दिने गरिन्छ। यस दिन काठमाडौंको पशुपति मणिचूड, रसुवाकोगोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर गंगासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी कुण्डमा मेला लाग्ने गर्छ।यस दिनपितृलाई तर्पण दिँदा मृत आत्माहरुको मनले शान्ति पाउने विश्वास छ।
हाम्रो तर्फबाट पनि सबैमा जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय